समाज

भारतबाट अवैध रूपमा ल्याइँदै गरेको औषधी काँकडभिट्टा सशस्त्र प्रहरीद्वारा बरामद

इकागज |
भदौ ३, २०७८ बिहीबार १८:१६ बजे

झापा – भारतबाट अवैध रूपमा ल्याइँदै गरेको औषधी सशस्त्र प्रहरीको टोलीले बरामद गरेको छ । झापाको काँकडभिट्टस्थित सीमा नाकाबाट बिहीबार सशस्त्र प्रहरीले करिब ४ लाख ४४ हजार रूपैयाँ बराबरको ओरियन्स कम्पनीको औषधी बरामद गरेको हो ।

भारतबाट अवैध रूपले नेपालतर्फ ल्याइँदै गरेको उक्त औषधी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) काँकडभिट्टाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद औषधी भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक सुमन शर्माले जानकारी दिए  ।



Author

थप समाचार
x