समाज

इटहरीमा ट्यांकरको ठक्करबाट एकको मृत्यु

इकागज |
भदौ ७, २०७८ सोमबार २१:३३ बजे

काठमाडौँ – सुनसरीको इटहरी उपमहानगपालिका–२० स्थित पानीपियानजिकै मोटरसाइकल दुर्घटनामा परी सोमबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर–१४ का २० वर्षीय सफल राजवंशी रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । 

कोशी राजमार्गअन्तर्गत रानीबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–०२–०००१–६–८४४५ नम्बरको ट्यांकरले नम्बर नखुलेको मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सो दुर्घटनामा मोटरसाइकलपछाडि बसेका अविनाश राजवंशी घाइते भएका थिए । 


घाइते दुवैको उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारकै क्रममा सफलको भएको मृत्यु भएको हो । अविनाशको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

ठक्करबाट मोटरसाइकल पूर्णरूपले जलेर नष्ट भएको छ । मोटरसाइकल पूर्णरूपले नष्ट भएका कारण नम्बर खुल्न नसकेको प्रहरीले जनाएको छ । ट्यांकर चालक इटहरी–४ का २८ वर्षीय थुलमान राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Author

थप समाचार
x