समाज

खुम्बु पासाङल्हामु गाउँपालिकामा कोभिडविरुद्धको खोप लगाएका मानिसहरू भ्रमण गर्न पाउने

इकागज |
भदौ ८, २०७८ मंगलबार १८:३२ बजे

काठमाडौँ- सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका भित्र हवाइजहाज वा हेलिकोप्टरमा भ्रमण गर्नेले कोभिड-१९ विरुद्धको पूर्ण खोप लगाएका मानिसहरूले मात्र यात्रा गर्न पाउने भएका छन् । खोप नलगाएका भए पीसीआर नेगेटीभको रिपोर्ट साथमा बोकी भ्रमण गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।

९८ प्रतिशत मानिसले कोभिडविरुको खोप लगाएको गाउँपालिकाका सुजनकुमार बुढाथोकीले जानकारी दिए ।


गाउँपालिकामा ८ हजार मिटर माथिका बढी हिमालहरू छन् । खुम्बु, सगरमाथा तथा ल्होत्से जस्ता चर्चित हिमालहरू छन् । साहसिक पर्यटकीय गन्तव्य पनि सोही गाउँपालिकामा रहेको छ । गोक्यो ताल तथा साहसिक ट्रेकिङ रुट पनि रहेको छ ।

 

 


Author

थप समाचार
x