समाज

ऋषिदेव समुदायका लागि विराटनगरमा एकीकृत बस्ती निर्माण सुरु

इकागज |
भदौ ९, २०७८ बुधबार २२:६ बजे

विराटनगर - मोरङको विराटनगरमा विपन्न ऋषिदेव समुदायका लागि एकीकृत बस्ती निर्माण सुरु गरिएको छ । विराटनगर महानगरपालिकाअन्तर्गतको महानगर आवास योजनाअनुरूप एकीकृत बस्ती निर्माण सुरु गरिएको हो ।

विराटनगरा महानगरपालिकाका सामाजिक विकास अधिकृत पुनम दाहालले महानगरपालिका–१२, मनलवा टोलमा निर्माण हुने बस्ती ३ बिघा १६ कठ्ठा ५ धुर क्षेत्रफलमा फैलिने बताए । महानगरले प्रदान गर्ने १ करोडमध्ये ९० लाख रूपैयाँ नगद १० लाख श्रमदानका रूपमा जुट्ने उनको भनाइ छ ।  


नेपाली कांग्रेस प्रदेश १ प्रदेशसभाका प्रमुख सचेतक केदार कार्कीको नेतृत्वमा महानगरपालिका, सहारा नेपाल, जीवन विकास समाज र ह्याविट्याट फर नेपालसहितको साझेदारीमा महानगर आवास योजनाअनुसार काम सुरु भएको हो।

बुधबार एक कार्यक्रमका अवसरमा प्रमुख सचेतक कार्कीले योजनाअनुरूप १ सय ४५ वटा घर निर्माण हुने जानकारी दिए । सम्पन्न बस्तीका नाममा निर्माण सुरु भएको जानकारी दिँदै कार्कीले बस्ती क्षेत्रमा शिक्षा, स्वास्थ्य, विद्युत्, बाटो, खानेपानीलगायत आधारभूत पूर्वाधारसमेत निर्माण गरिने उल्लेख गरे ।

सुकुम्बासी र अर्काको जमिनमा माटोको घर बनाएर बस्दै आएका ऋषिदेवलाई बस्ती निर्माणपछि सहज हुने उनको भनाइ छ ।


Author

थप समाचार
x