समाज

बालिका बलात्कार गरेको आरोपमा १६ वर्षीय युवक पक्राउ

इकागज |
भदौ १३, २०७८ आइतबार १७:५३ बजे

फाइल फोटो

कैलाली - बालिका बलात्कार गरेको आरोपमा कञ्चनपुरमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुर प्रहरीले लालझाडी गाउँपालिका–४ जाँई बस्ने १६ वर्षीय युवकलाई पक्राउ गरेको हो ।

बालिकालाई युवकले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय झलारी र अस्थाई प्रहरी पोष्ट बन्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 



Author

थप समाचार
x