समाज

दार्चुलाको पहिरोमा घाइते भएका दुईको हेलिकोप्टरबाट उद्धार

इकागज |
भदौ १४, २०७८ सोमबार १७:२३ बजे

फाइल तस्बिर

कैलाली - दार्चुलामा आएको पहिरोमा परी घाइते भएका दुई जनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । दुहु गाउँपालिका-५ का जनक पार्की र उजेली डडाललाई नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) मनोहर भट्टले जानकारी दिए । 

उनले उद्दार गरिएका दुवै जनालाई धनगढी पठाइएको बताए । बाढीपहिरोमा परी तीन जनाको मृत्यु भएको छ। अन्य दुई जना बेपत्ता भएका छन्।



Author

थप समाचार
x