समाज

काठमाडौँको फोहोर भोलिदेखि उठाइने, अवरोध गरे बल प्रयोग हुने

इकागज |
भदौ १५, २०७८ मगलवार १४:३५ बजे

काठमाडौँ – तीन हप्तादेखि नउठेको काठमाडौँको फोहोर भोलिदेखि उठाइने भइको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौँका प्रमुख जिल्ला अधिकार, सडक विभागका महानिर्देशक, प्रहरीका अधिकारीसहितको बैठकले भोलिदेखि फोहोर उठाउने निर्णय गरेको हो ।   

‘धेरै समयसम्म फोहोर नउठ्दा महानगरसँगै काठमाडौँ उपत्यकामा नै प्रदुषण बड्ने खतरा देखियो । यसै विषयमा सरोकारवाला निकायसँगको छलफलपछि फोहोर उठाउने निर्णय भएको छ,’ प्रमुख शाक्यले भने, ‘सिसडोलको समस्या समाधानका लागि महानगरले पहल गर्ने गरी फोहोर उठाउन लागिएको हो । तर, सिसडोलमा २०६२ सालदेखि फोहोर व्यवस्थापन गरिँदै आइएको छ । यसको जिम्मेवारी त शहरी विकास मन्त्रालय हो ।’ 


फोहोर व्यवस्थापनको क्रममा सुरक्षा चुनौती देखिए शान्ति सुरक्षाको व्यवस्था गृह प्रशासनले मिलाउने निर्णय पनि आजको बैठकले गरेको छ । ‘फोहोर उठाउन र त्यहाँ व्यवस्थापन गर्ने सन्दर्भमा सुरक्षा चुनौती देखियो भने शान्ति–सुरक्षाको व्यवस्था गृह प्रशासनले मिलाउने भन्ने निर्णय भएको छ’ उनले भने ।  


Author

थप समाचार
x