समाज

‘फ्रि फायर म्याक्स’काे प्लेस्टोरमा प्रि-रजिस्ट्रेसन सुरु

इकागज |
भदौ १५, २०७८ मंगलबार १६:५२ बजे

काठमाडौँ - फ्री-फायरको नयाँ गेम 'फ्रि फायर म्याक्स'को प्लेस्टोरमा प्रि-रजिस्ट्रेसन सुरु भएको छ । यो फ्री-फायरको एडभान्स भर्सन हो । फ्री-फायर बालबालिकामा लोकप्रिय मानिएको अनलाइन गेम हाे । उच्च ग्राफिक भएको यो गेमले पब्‍जीसँग प्रतिस्पर्धा गर्नेछ ।

यो गेम थोरै र्‍याम भएको फोनमा समेत खेल्न सकिन्छ ।  फ्रि फायर म्याक्सका लागि भने ४ जिबी भन्दा बढी र्‍याम भएको स्मार्टफोन आवश्यक पर्दछ । यो गेम पहिले आफ्नो मोबाइलमा पाउनको लागि प्ले स्टोरमा गएर प्रि-रजिस्ट्रेसन गर्न सकिन्छ ।

पुराना फ्रि फायर प्रयागकर्ताले सोहि आइडी प्रयोग गरेर फ्रि फायर म्याक्स गेम खेल्न सक्नेछन् । फ्रि फायर म्याक्स प्रथम चरणमा एन्ड्रोइड प्रयोगकर्ताका लागि मात्र उपलब्ध हुनेछ । केहि समयपछि आइओएसका लागि पनि याे गेम उपलब्ध हुने उत्पादक कम्‍पनी गेरेनाले जनाएको छ ।



Author

थप समाचार
x