स्रोत नखुलेको ६ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ
फाइल फोटो
सप्तरी : सप्तरी जिल्लाको बोदेबर्साईन नगरपालिका-९ सुभरनपट्टिबाट सशस्त्र प्रहरीले ६ लाख ३३ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मधुवन जिल्ला लौकही ग्राम पञ्चायत ४ घर बताउने ५० वर्षीय श्याम राय छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेका निज रायलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सुभरनपट्टिबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा फेला परेको उक्त रुपैयाँको स्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ गरिएको हो । त्यसबेला सशस्त्र प्रहरीले उनको साथबाट एक थान मोबाइल सेट समेत बरामद गरेको छ ।
पक्राउ परेका रायलाई बरामद रुपैयाँ तथा मोवाईल सेटसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय तिलाठी सप्तरीमा बुझाइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया