समाज

मेलम्ची बजार दुर्गन्धित, २ महिना सम्म उठेन फाेहाेर

इकागज |
भदौ १६, २०७८ बुधबार १०:२४ बजे

फाइल तस्‍बिर

सिन्धुपाल्चोक - असार १ गते आएको बाढीपहिराले तहसनहस पारेको मेलम्ची बजार फोहोरले दुर्गन्धित बनेको छ । नगरपालिकाले निर्माण गरेको फोहोर प्रशोधन केन्द्र बाढीले बगाएपछि जथाभावी फोहोर फाल्नाले बजार दुर्गन्धित बनेको हो ।

दुई महिनादेखि फोहोर नउठ्दा दुर्गन्ध फैलाएको छ । बजार क्षेत्रमा थुपारिएको फोहोर व्यवस्थापन नहुँदा दुर्गन्ध फैलिएसँगै सङ्क्रमणको त्रास बढेको छ । जताततै फोहोरैफोहोर भएकाले नाक, मुख थुनेर हिंड्नुपर्ने बाध्य रहेको स्थानीयवासीको भनाइ छ । गर्मी समय भएकाले कुहिने फोहोरका कारण बजार क्षेत्र दुर्गन्धित बनेको छ । होटल, तरकारी पसल, किराना पसल तथा घरबाट निस्कने फोहार व्यवस्थापन नहुँदा मेलम्चीका खहरे खोला र बजार आसपासका छेउछाउ फोहोरले भरिएका छन् ।


बाढी आउनु पहिले कुहिने, नकुहिने, पुनः प्रयोग गर्न मिल्ने–नमिल्ने गरी बजार क्षेत्रमा जम्मा हुने फोहर संकलन गरी व्यवस्थापन गरिन्थ्यो । बाढी आउनु पूर्व नगरपालिकाको गाडीले हप्तामा २ पटक फोहोर उठाउने गरेको थियो । फोहोर व्यवस्थापनका लागि नगरपालिकाले दीर्घकाली नसोचका साथ ठाउँको अध्ययन गरिरहेको नगरपालिकाका मेयर डम्बर अर्यालले बताए । बजार व्यवस्थापन समिति र स्थानीय तहले बेलैमा यो विषयमा सोच्नुपर्ने स्थायीले बताएका छन् ।   


Author

थप समाचार
x