समाज

काठमाडौँको फोहोर आंशिक रूपमा उठाउन थालियो

इकागज |
भदौ १६, २०७८ बुधबार १३:२९ बजे

फाइल तस्‍बिर

काठमाडौँ - काठमाडौं महानगरपालिकाले बुधबारबाटफोहर उठाउन सुरु गरेको छ । दुई साता भन्दा लामो समयदेखि थुप्रिएको फोहर आशिंक रूपमा उठाउन सुरु गरिएको महानगरले जनाएको छ । गत साउन अन्तिममा वर्षाले ल्याण्डफिल्ड साइट पुग्ने बाटो अवरुद्ध भएपछि महानगरपालिकाले फोहोर उठाउन छाडेको थियो भने ल्याण्डफिल्ड साइटका स्थानीयले विभिन्न माग राखी थप अवरोध गरेका थिए ।

जसका कारण दुई साता भन्दा लामो समयदेखि राजधानीको फोहोर व्‍यवस्थापन हुन सकेको थिए । बुधबारबाट उपत्यकाका अधिकांश स्थानबाट फोहर उठाउन सुरु गरिएको र अव नियमित फोहर उठाइने महानगरको भनाइ छ । यसअघि महानगर र नुवाकोटको सिसडोलका बासिन्दाबीच फोहोर व्यवस्थापनबारे ९ बुँदे सहमति भएको थियो । 



Author

थप समाचार
x