समाज

दार्चुला घटनाको विरोधमा मोदी र देउवाको पुत्ला दहन

इकागज |
भदौ १९, २०७८ शनिबार १८:५० बजे

फाइल फोटो

काठमाडौँ - दार्चुला घटनाको विरोधमा नेकपा एमाले निकट बिद्यार्थीहरुले नेपाल र भारतका प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् । एमाले निकट अनेरास्ववियुका विद्यार्थीहरुले शनिबार रत्न राज्य क्याम्पस, प्रदर्शनीमार्गमा प्रदर्शन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेर बहादुर देउवाको पुत्ला दहन गरेका हुन् । 

उनीहरुले जयसिंह धामीलाई न्याय दे, सीमा अतिक्रमण बन्द गर्, कठपुतली सरकार मुर्दावाद जस्ता नारा लगाएका थिए । त्यस्तै उनीहरुले एमालेबाट अलग भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको पनि पुत्दा दहन गरेका थिए । पुत्दा दहन गर्दा प्रदर्शनीमार्गमा प्रहरीले हस्तक्षेप गरेको थियो ।


भारतीय सीमा सुरक्षा बल एसएसबीले तुनइको तार काटिदिँदा दार्चुलाको ब्याँस गाउँपालिका– २ का जयसिंह धामी महाकाली नदीमा खसेका थिए । घटनाबारे छानविन गर्न बनाएको समितिले हालै बुझाएको प्रतिवेदनमा पनि एसएसबीको उपस्थितिमा घटना भएको उल्लेख छ । तर घटनाको विरोध गर्दै भारतलाई कूटनीतिक नोट पठाउने काम समेत नगरेको भन्दै बिद्यार्थीहरुले विरोध प्रदर्शनसहित पुत्ला दहन गरेको जनाएका छन् । 


Author

थप समाचार
x