समाज

विद्युत्‌को खम्बाबाट खसेर कामदारको मृत्यु

इकागज |
भदौ १९, २०७८ शनिबार १९:२६ बजे

प्रतिकात्मक तस्बिर

ओखलढुङ्गा - विद्युत्‌को खम्बाबाट खसेर एक युवकको ज्यान गएको छ । आज दिउँसो सोलु करिडोर प्रसारण लाइनको विद्युत्को खम्बाबाट खसेर सिद्धिचरण नगरपालिका-४ रुम्जटारका १९ वर्षीय निखिल फुँयालको मृत्यु भएको हो ।

मानभञ्ज्याङ गाउँपालिका-७ माझीगाउँमा सोलु करिडोर ३३ केभी प्रसारण लाइनको विद्युत्‌को तार विस्तार गर्ने क्रममा खमबाबाट खसेर फुँयालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लङ्क श्रेष्ठले जानकारी दिए । विद्युत्‌को तार विस्तारका लागि खम्बामा चढ्दा हातमा करेन्ट लागेपछि खसेर ढुङ्गामा परी उनको मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । (रासस)
 



Author

थप समाचार
x