समाज

कर्रा खोलामा बेपत्ता एक जनाको शव भेटियो

बाढीमा हराएका एक जनाको खोजी जारी

इकागज |
भदौ १९, २०७८ शनिबार २०:३ बजे

हेटौंडा – कर्रा खोलामा शुक्रबार दिउँसो आएको बाढीले ट्रक बगाउँदा बेपत्ता भएका २ जनामध्ये एक जनाको शव फेला परेको छ । घटनास्थलबाट करिब २ सय मिटर टाढा पुगेको अवस्थामा शनिबार दिउँसो शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

शुक्रबार दिउँसो हेटौंडा उपमहानगरपालिका–१७ रामपुरडाँडास्थित कर्रा खोलाले शिवम् सिमेन्ट उद्योगबाट चौघडातर्फ आउँदै गरेको ना ३ ख १४४० नम्बरको ट्रक बगाउँदा २ जना बेपत्ता भएका थिए । खोलाले ट्रकका चालक हेटौंडा घर भएका ४० वर्षीय बद्री सार्की र उनका साथी ४० बर्षीय गणेश थापामगर बेपत्ता भएका थिए । बेपत्ता भएका उनीहरूको नेपाल प्रहरी र नेपाली सेनाले खोजी गरिरहेको थियो ।  पानीको बहाव घटेसँगै शुक्रबार ट्रक करिब १ सय मिटर पर फेला परेको थियो  ।  


शनिबार खोलामा माछा मार्न आएका व्यक्तिले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । फेला परेको शवको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । अर्का एक जना भने अझै बेपत्ता छन् ।


Author

थप समाचार
x