समाज

मौसम पूर्वानुमान: यी क्षेत्रमा ठूलो वर्षाको सम्भावना

इकागज |
भदौ २०, २०७८ आइतवार ६:४६ बजे

काठमाडौं - आज आइतबार मुलुकका विभिन्न क्षेत्रमा वर्षाको आँकलन गरिएको छ । बिहान काठमाडौंको आकाश पनि धुम्म छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहेर केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङसहित ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । सोमबार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा ठूलो वर्षाको आँकलन गरिएको छ । सोमबार राति प्रदेश १, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा ठूलो वर्षाको सम्भावना छ । 



Author

थप समाचार
x