समाज

मनसुन फेरि सक्रिय

देशभर मौसममा बदली, काठमाडौं उपत्यकामा रातिदेखि निरन्तर वर्षा

इकागज |
भदौ २१, २०७८ सोमवार ६:५२ बजे

फाइल तस्बिर

काठमाडौं - काठमाडौं उपत्यकामा आइतबार रातिदेखि नै वर्षा भइरहेको छ । सोमबार बिहान पनि वर्षा थामिएको छैन । लगातारको वर्षाले बागमती र यसका सहायक नदीमा जलसतह बढेको छ । बागमती नदी खोकनास्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता पार गरेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । वर्षा जारी रहेकाले थप सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । बुढानिलकण्ठ, सुन्दरजल लगायतका वर्षा मापन केन्द्रमा ठूलो वर्षा भएको हो ।

यसैगरी, सिन्धुलीमा पनि ठूलो वर्षा भएको छ । हरिहरपुरगढी र  त्यस क्षेत्रमा पछिल्लो ६ घन्टामा ठूलो वर्षा भएपछि महाशाखाले तटीय क्षेत्रका बासिन्दाको मोबाइलमा अलर्ट एसएमएस जारी गरेको छ । मोबाइल प्रदायक कम्पनीहरूको सहकार्यमा एसएमएस पठाइने गरिन्छ । आकस्मिक बाढी र ढुवानको जोखिम बढेको हो । हाल नेपालमा मनसुनी वायुको प्रभावका कारण वर्षा भइरहेको मौसमविद्ले बताएका छन् ।


आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राती देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै  र प्रदेश १, बाग्मती तथा लुम्बिनी प्रदेशका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित ठूलो वर्षाको सम्भावना रहेको छ ।


Author

थप समाचार
x