समाज

रोल्पामा पहिरोमा पुरिएर एकै परिवारका २ को मृत्यु

इकागज |
भदौ २१, २०७८ सोमबार ८:११ बजे

फाइल तस्‍बिर

बुटवल - रोल्पाको धबाङमा गएराति परेको अबिरल वर्षाका कारणले पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर १ बालक र १ बृद्ध महिलाको मृत्यु भएको हो । ३ दिनदेखि परेको अविरल वर्षाको कारणले राति १ बजे पहिरो गएको र सो पहिरोले घर पुरिदा ५ वर्षीया बालिका र ७० र्षीया गौरी थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरिक्षक नरेशराज सुवेदीले बताए ।

पहिरोमा परेर दुई जना घाइते भएका छन् । मृत्यु भएका दुई जना एकै परिवारका हुन् । प्रहरी र स्थानीयवासीको सहयोगमा थप उद्धारको काम भएको छ । पहिरोका कारण अन्य घरमा पनि क्षति पुग्ने भन्दै सर्तकता अपनाइएको छ ।



Author

थप समाचार
x