समाज

काठमाडौँमा बाढी : ३८२ घर डुबानमा, १३८ जनाको उद्धार

इकागज |
भदौ २१, २०७८ सोमबार ८:३२ बजे

काठमाडौँ- काठमाडौँका विभिन्‍न ठाउँ बाढीले डुबाएको छ । गएरातिदेखि परेको पानीले खोला किनारका बस्ती डुबानमा परेका हुन् । शंखमुल पार्क, बालाजुको नेपालटारको तल्लो क्षेत्र, बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कालिमाटीको तरकारी बजार क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र डुबानमा परेका छन् ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार गुहेश्वरीतिर, मनमैजू, कुलेश्वरका, कालीमाटी घरहरूमा पानी पसेको बताए । उनका अनुसार बाढीले मानवीय क्षति भने भएको छैन । 


त्यस्तै बाढीले ३८२ घर डुबानमा परेको काठमाडौँ प्रहरी प्रमुख एसएसपी अशोक सिंहले इकागजलाई जानकारी दिए । उनका अनुसार १३८ जनालाई उद्धार गरिएको छ ।


Author

थप समाचार
x