समाज

बुधबारदेखि पाटन संग्रहालय र दरबार स्कवायर क्षेत्र खुला गरिने

इकागज |
भदौ २१, २०७८ सोमबार १६:५७ बजे

फाइल तस्बिर

काठमाडौँ- उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै ललितपुरको पाटन र दरबार स्कवायर खुल्ने भएको छ । आागामी बुधबार (२३) बाट पर्यटकीय गतिविधि बढाउनका लागि खुला गर्न लागिएको ललितपुर महानगरले जनाएको छ ।

काठमाडौँ उपत्यकामामा लामो समयसम्म रहेको निषेधाज्ञा खुकुलो हुँदै गएपछि पर्यटकीय गतिविधि बढाउन प्रतिबन्धीत क्षेत्र खुला गर्न लागिएको महानगरका प्रमुख  प्रशासकीय अधिकृत गणेश अर्यालले बताए । 


वैशाखको दोस्रो सातादेखि निषेधाज्ञाा रहेको गत १७ गतेबाट निषेधाज्ञा खुकुलो गरिएको थियो । अहिले पनि उपत्यकामा दैनिक पाँच सय नयाँ संक्रमित थपिने गरेका छन् ।


Author

थप समाचार
x