समाज

नागरिकताको प्रतिलिपी बनाउन ८ हजार घुस लिने नासु पक्राउ

इकागज |
भदौ २२, २०७८ मंगलबार २१:५२ बजे

फाइल फोटो

जनकपुरधाम - नागरिकताको प्रतिलिपि बनाउन घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुरधामबाट एक कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत्त रहेका नायक सुब्बा उमेश कुमार चौधरी रहेको छ ।

नासु चौधरीलाई जनकपुरधामको क्याम्पस चौक स्थित लड्डु गोपाल होटलबाट ८ हजार ५ सय घुस सहित रंगेहात पक्राउ गरिएको अख्तियारको बर्दिबासको कार्यालयले जनाएको छ । पक्राउ परेका चौधरीलाई अख्तियारको कार्यालय बर्दिबास लगी थप अनुसन्धान गर्ने अख्तियारको बर्दिबासको कार्यालयले जनाएको छ ।
 



Author

थप समाचार
x