समाज

बसपार्कमा १४ वर्षीया बालिकामाथि ९ जनाकाे बलात्कार

इकागज |
भदौ २२, २०७८ मंगलबार २२:३ बजे

सांकेतिक फोटो

सुर्खेत - सुर्खेतको पञ्चपुरी नगरपालिकामा १४ वर्षीया बालिकामाथि नौ जनाले बलात्कार गरेको घटना सार्वजनिक भएको छ । १४ वर्षीया बालिकालाई नौ जनाले पटक पटक सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।

साउन महिनादेखि भदौसम्म ती बालिकामाथि पटक पटक बलात्कार भएपछि उनी गर्भवती भएकी थिइन् । बालिका गर्भवती भएपछि घटना सार्वजनिक भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार बलात्कार गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


आमाबुवा विहीन उनीमाथि पटक पटक बलात्कार भएपछि पीडित बालिकाले प्रहरीमा उजुरी दर्ता गराएकी हुन् । पीडित बालिकाको उजुरीको आधारमा प्रहरीले अभियुक्त पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाएको छ । 


Author

थप समाचार
x