समाज

एमसीसीे खारेजीको माग गर्दै हेटौंडामा सर्जकको प्रदर्शन

इकागज |
भदौ २३, २०७८ बुधबार १८:४ बजे

हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडाका सर्जक तथा साहित्यकारले एमसिसी सम्झौता खारेजीको माग गरेका छन् । बुधबार हेटौंडामा साहित्यकारले ब्यानर, प्लेकार्डसहित र्‍याली गर्दै साहित्यिक रुपमै विरोध प्रदर्शन गरेका हुन् । 

उनीहरुले ‘एमसिसी पास गर्न पाइदैन, दलाल सांसद चाहिदैन, साम्राज्यवादी होसियार भन्दै छन्, जनता खबरदार, कुल्ची भावी सन्तति यो देशको दुर्गती पर्ने चाल हो एमसिसी’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका हुन् । 


सर्जक सञ्जाल मकवानपुरले बुधबार हेटौंडामा राष्ट्रघाती एमसिसी सम्झौताविरुद्ध रचना वाचन गरेको छ । साहित्यकारहरुले एमसिसीविरुद्ध कविता, मुक्तक, गजल वाचन गरेका थिए ।

सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेश निखिलले एमसिसी राष्ट्रघाती भएको कारण साहित्यकारहरु सडकमा उत्रिएको बताए । सरकारले एमसीसी अघि बढाए थप सशक्त रुपले साहित्यको माध्यमबाटै विरोधमा उत्रन उनले चेतावनी समेत दिए ।
 


Author

थप समाचार
x