समाज

आँखा अस्पतालमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि

इकागज |
भदौ २४, २०७८ बिहीबार १३:४१ बजे

काठमाडौँ - पुरानो बानेश्वरको मातृका आँखा अस्पतालमा भेटिएको भनिएको शंकास्पद वस्तु बम नभएको प्रहरीले जनाएको छ । सेतोपुल नजिकै रहेको मातृका आँखा अस्पतालमा भेटिएको शंकास्पद वस्तु बम नभई सामान्य पुरानो मोबाइलमा तार बाँधेर फालिएको पाइएको हो ।

सेनाको बम डिस्पोजल टोलीले शंकास्पद वस्तु बम नभएको पुष्टि गरेको हो । सो शंकास्पद वस्तु कसले किन राखेको ? भन्ने कुराको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 



Author

थप समाचार
x