समाज

व्यापारीबाट रकम असुल्ने दुई जना पक्राउ

इकागज |
भदौ २४, २०७८ बिहीबार १९:५२ बजे

कैलाली – व्यापारीबाट पैसा असुलेको आरोपमा कञ्चनपुरबाट दुईजना पत्रकार पक्राउ परेका छन् । नाइस टेलिभिजको रिपोर्टर बताउने गोविन्द बिसी र सन्तोष भट्टलाई स्थानीय व्यापारीबाट पैसा असुलेको आरोपमा प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

महेन्द्रनगरस्थित साई मोबाइल केयरका सञ्चालक अवदेश श्रीवास्तवलाई धम्काएर २५ हजार रूपैयाँ असुलेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।


व्यापारीले प्रहरीमा खबर गरेपछि सोधपुछका लागि दुवैजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता, प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए ।


Author

थप समाचार
x