समाज

काठमाडौँ महानगरमा वडा अध्यक्षले गरे तोडफोड

इकागज |
भदौ २५, २०७८ शुक्रबार १४:५५ बजे

प्रतिकात्मक तस्बिर

काठमाडौँ- जनप्रतिनिधिले काठमाडौँ महानगरपालिकामा तोडफोड गरेका छन् । वडा ५ का अध्यक्ष रमेश डंगोलले शुक्रबार बागदरबारस्थित महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावाली, प्रशासन विभाग प्रमुख महेश काफ्ले र उपप्रमुख युवराज खनालको कार्यकक्षको ढोकामा तोडफोड गरेका हुन् ।

वडाध्यक्ष डंगोलले महानगरको कार्यालयमा तोडफोड गरेको महानगरका एक कर्मचारीले इकागजलाई जानकारी दिए ।  यस विषयमा बुझ्‍न अध्यक्ष डंगोललाई सम्पर्क गर्दा उनले फोन रिसिभ गरेनन् 



Author

थप समाचार
x