समाज

दार्चुलामा एक पुरुष मृत फेला

इकागज |
भदौ २५, २०७८ शुक्रबार १६:३८ बजे

दार्चुला -  मार्मा गाउँपालिकाका एक पुरुष मृत फेला परेका छन् । मार्मा गाउँपालिका–४ लिउडेखोला बस्ने ३३ वर्षीय तारासिंह धामी सोही ठाउँका परमले धामीको घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

घरबाट काम विशेषले लटिनाथ बजार जान्छु भनी हिँडेको उनी नफर्केपछि खोजी गर्ने क्रममा उक्त घरमा शव फेला परेको हो । मृत तारासिंह धामीलाई स्थानीयले घरमा पुजापाठ गर्न र धामी काँप्न बोलाएकोमा काँप्दाकाँप्दै ढलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र बहादुर चन्दले जानकारी दिए ।


घटनाबारे थप बुझनका लागि इलाका प्रहरी कार्यालय लटिनाथबाट जगत मल्लको कमाण्डमा प्रहरी टोली खटिएको थियो । मृतकको शवलाई पोष्टमाटमको लागि शुक्रबार गोकुलेश्वर अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x