समाज

घरायसी विवादमा भाइद्वारा दाजुको हत्या

इकागज |
भदौ २५, २०७८ शुक्रबार १८:५९ बजे

ओखलढुंगा – घरायसी विवादले उग्र रूप लिएपछि भाइले दाजुको हत्या गरेका छन् । शुक्रबार दिउँसो धारिलो हतियार प्रहारबाट ओखलढुंगा खिजिदेम्बा गाउँपालिका–५ ढाडखर्कका ६८ वर्षीय मित्रबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

पुख्र्यौली जमिन अंशबन्डाको विषयमा विवाद बढ्दै जाँदा मित्रका भाइ ६७ वर्षीय शेरबहादुर तामाङ र उनका ३६ वर्षीय छोरा वीरबहादुरले खुकुरी प्रयोग गरी मित्रको हत्या गरेको प्रहरीको भनाइ छ । घटनालगत्तै इलाका प्रहरी कार्यालय खिजिफलाटेबाट खटिएको टोलीले हत्यामा संलग्न दुवै जनालाई खुकुरीसहित पक्राउ गरेको छ ।पक्राउ परेका दुवै जनामाथि अनुसन्धान गरी कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।



Author

थप समाचार
x