समाज

चितवन राष्ट्रिय निकुञ्जमा अर्ना मृत फेला

इकागज |
भदौ २६, २०७८ शनिबार १८:४३ बजे

कठमाडौँ – चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुरस्थित खुला खोरमा राखिएको अर्ना मृत अवस्थामा फेला परेको छ । निकुञ्जले शनिबार जारी गरेको सूचनामा शुक्रबार पोथी बयस्क अर्ना मृत फेला परेको उल्लेख छ । सोही  खोरमा अन्दाजी दुई दिन अगाडि जन्मिएको अर्नासमेत  फेला परेको छ । 

खोरमा १२ अर्ना थिए । यस  निकुञ्जमा १२ कोशी टप्पु वन्यजन्तु आरक्षबाट र ३ चिडियाखानाबाट स्थानान्तरण गरी जम्मा १५ वटा अर्ना ल्याइएको  थियो । यहाँ ल्याएपछि ७ वटा बच्चा जन्मिएका छन् । विभिन्न कारणले १० अर्ना  मरेका कारण १२ वटा अर्ना मात्र बांँकी छन् । अर्ना मृत्युको कारण खुल्न सकेको छैन ।   



Author

थप समाचार
x