समाज

मानव अधिकारवादी पहाडीको एपाेलाे उपचार हुँदै

इकागज |
भदौ २६, २०७८ शनिबार २०:४९ बजे

काठमाडौँ - मानव अधिकारवादी नेता तथा नागरिक समाजका अगुवा कृष्ण पहाडीको स्वास्थ्यमा सुधार आएको छ । उनी नाकको अप्रेसन गर्न दिल्लीको एपोलो अस्पतालमा गएका थिए । तर उनले त्यहाँ लामो समयदेखि रहेका अन्य दर्जन बढी समस्याहरूको पनि परीक्षण गराएका छन् । थाइरोइड, नाक, घाँटी, प्रोस्टेड, अल्सर, उच्च रक्तचाप, मधुमेह, स्पोन्डोलाइसिस, हड्डीको समस्या, घुँडालगायतको समस्याबारे पनि जाँच गराएका हुन् ।  


तस्बिर : उत्तम पुडासैनीको फेसबुकबाट

शान्ति समाजका उत्तम पुडासैनीले नाकमा मासु पलाएको कारणले दिल्ली लगिएको तर त्यहाँ परिक्षण गर्दा पेटमा पनि समस्या देखिएको बताए । त्यसपछि अस्पतालमा उनको अन्य समस्या छन् कि भनेर परीक्षण गरिएको हो । अहिले उनको आन्द्रामा रहेको पोलिप हटाउने कार्य भइसकेको छ । भदौ २२मा पहाडीको एक घण्टा लामो नाकको अप्रेसन गरिएको थियो । अपरेसनपछि दुई दिन अस्पताल बसेर अहिले होटलबाट नै आउने जाने गरेको पनि पुडासैनीले जानकारी दिए ।

नाकको उनको यो तेस्रो अपरेसन हो । मासु पलाउने र खुर्केर फाल्ने काम भएको पुडासैनीले बताए । शान्ति समाजका अनुसार पहाडीको स्वास्थयमा सुधार आएको छ भने अन्य समस्याको पनि उपचार सकेर उनी नेपाल फर्कने छन् । ९ वर्षअघि दिल्लीमा उनको दाहिने हातको अप्रेसन गरी ट्युमर निकालिएको थियो । त्यसपछि उनले आफ्नो स्वास्थ्य परीक्षण त्यही गराउँदै आएका छन्  ।


Author

थप समाचार
x