समाज

राष्ट्रिय बाल दिवस मनाउने तयारी

इकागज |
भदौ २७, २०७८ आइतबार १८:५० बजे

काठमाडौँ – सरकारले ५७ औं राष्ट्रिय बाल दिवस मनाउनेबारे तयारी गरेको छ । ‘सामान्य अवस्था वा कोभिड महामारी ः बालअधिकार संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ मंगलबार बाल दिवस मनाउनेबारे तयारी गरिएको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बालअधिकार परिषद्ले आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी दिवसका अवसरमा बालअधिकार संरक्षण र संवद्र्धनमा भएका प्रयास र उपलब्धिबारे जानकारी गराइएको छ । दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देश जारी हुने साथै मूल समारोह समितिको कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअलमाध्यमबाट शुभारम्भ गर्ने मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका सचिव यामकुमारी खतिवडाले दिवसका अवसरमा बाल अधिकारका क्षेत्रमा नीतिगत समीक्षा र भावी कार्यदिशा तय गर्ने विषयमा पनि छलफल हुने बताइन् । उनले बाल अधिकारबारे सञ्चारमाध्यमले उचित स्थान दिन नसकेको गुनासो गरिन् । परिषद्का कार्यकारी निर्देशक मिलन धरेलले नयाँ कानूनी व्यवस्थाबमोजिम सबै स्थानीय तहमा बालअधिकार संरक्षणका लागि संरचना स्थापना हुन थालेको जानकारी दिए ।


Author

थप समाचार
x