समाज

जबरजस्ती करणी र डाका मुद्दाका फरार अभियुक्त १० वर्षपछि पक्राउ

इकागज |
भदौ २७, २०७८ आइतबार १९:२६ बजे

फाइल फोटो

विराटनगर – जबरजस्ती करणी र डाका मुद्दामा फरार एक अभियुक्त १० वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका– १७ पकलीका ४१ वर्षीय बल्ला भन्ने रजाबुल मिया छन् ।

०६४ भदौमा एक महिलालाई जबरजस्ती करणी गरी सुनलगायत बहुमूल्य गरगहना लुटेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार दिउँसो पक्राउ गरेको हो । ३० असार ०६८ मा उच्च अदालत विराटनगरले उनलाई १४ वर्ष पाँच महिना १२ दिन कैद सजाय र ६४ हजार ५ सय रूपैयाँ जरिवानाको फैसला सुनाएको थियो । फैसला सुनेपछि उनी फरार थिए ।


उक्त समयबाट फरार रहेका मियालाई आइतबार सुनसरीबाट पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । पक्राउ परेका मियालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत मोरङ पठाइएको प्रवक्ता महतोले बताए ।


Author

थप समाचार
x