समाज

ब्लू डायमण्ड सोसाइटीद्वारा यौनिक अल्पसंख्यकबारे तालिम

इकागज |
भदौ २८, २०७८ सोमबार १८:५८ बजे

काठमाडौँ – राष्ट्रिय जनगणना ०७८ का सुपरभाइजरहरूलाई ब्लू डायमण्ड सोसाइटीले यौनिक तथा लैंगिक अल्पसंख्यकबारेमा तालिम दिएको छ। आइतबार र सोमबार देशका ४० जिल्लामा ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको ब्लू डायमण्ड सोसाइटीका कार्यक्रम निर्देशक सञ्जय शर्माले जानकारी दिए ।

यस्तै स्थानीय जनप्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीहरूलाई पनि भेट्ने कार्यक्रम रहेको उनले बताए । राष्ट्रिय जनगणनामा कोही पनि नछुटोस् भन्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको शर्माको भनाइ छ । ‘अहिलेको जनगणनामा घरमूली भनेर महिला, पुरुष र अन्य लिंगी भनेर राखिएकोछ। त्यसले गर्दा कोही पनि नछुटोस् र सबैको जनगणना होस्,’ उनले भने, ‘त्यसको पोलिसीमा नेपाल सरकारले ध्यान दियोस् भन्ने हाम्रो उद्देश्य हो ।’



Author

थप समाचार
x