समाज

जाजरकोटमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

इकागज |
भदौ २९, २०७८ मंगलबार १९:४७ बजे

फाइल फोटो

सुर्खेत - जाजरकोटमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । नलगाड नगरपालिकाको खारा भन्ने ठाउँबाट कालीमाटी जाँदै गरेको भे १ ज ९८७ नम्बरको माइक्रोबस दुर्घटना हुँदा बारेकोट गाउँपालिका–२ की ४२ वर्षीय शान्ति रोकाया र जुम्ला गुठिचौरका ५५ वर्षीय मंगल महतराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी मधुकुमार थापाले जानकारी दिए । 

घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरुको स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गाडीमा कति सवार थिए भन्ने पनि स्पष्ट खुल्न सकेको छैन । दुर्घटनापछि फरार रहेका चालकलाई अहिले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।



Author

थप समाचार
x