आठ दिनपछि भेटियो बेपत्ता बालिकाको शव
प्रतिकात्मक तस्बिर
पाँचथर - हेंवाखोलाले बगाई आठ दिनदेखि बेपत्ता बालिकाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यही भदौ २१ गते फिदिम नगरपालिका–४ हेंवाखोलामा नुहाउने क्रममा खोलाले बगाई बेपत्ता भएकी हिलिहाङ गाउँपालिका–७ सल्लेरीका गजेन्द्र योङ्याकी चार वर्षीया छोरी आँचलको शव मङ्गलबार फेला परेको हो ।
बालिका वेपत्ता भएको स्थानबाट करिब १०० मिटर तल पुलको मुनि चेपमा बालिकको शव रहेको स्थानीयवासीले खबर गरेपछि प्रहरी टोली पुगेको थियो । शव फेला परेपछि कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया