समाज

मौसम पूर्वानुमान : तीन प्रदेशमा हल्‍का वर्षा

इकागज |
भदौ ३०, २०७८ बुधबार ८:४३ बजे

काठमाडौँ - हाल  देशभर सामान्यदेखि पूर्ण बदलीसहित प्रदेश २, बागमती र गण्डकी प्रदेशमा केही स्थानमा हल्का वर्षा भइरहेको छ । हाल नेपालमा भारतको छत्तिसगढ र मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिणतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिउँसो देशभर सामान्य बदली रही बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन/ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती देशभर सामान्य बदली रही लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन/ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।



Author

थप समाचार
x