समाज

पाथिभरा मन्दिर असोज १ गतेबाट खुला गरिने

इकागज |
भदौ ३०, २०७८ बुधबार १४:४८ बजे

काठमाडौँ - ताप्लेजुङको पाथिभरा मन्दिर असोज १ गतेबाट दर्शनार्थीका लागि खुला हुने भएको छ । कोभिड-१९ को नयाँ भेरियन्ट देखिएपछि ५ महिनादेखि बन्द रहेको थियो । पछिल्लो समय कोभिडको प्रभाव कम हुदै गएकाले असोज १ गतेबाट दर्शनार्थीका लागि खुला गरिने पाथिभरा क्षेत्र विकास समिति ताप्लेजुङले जनाएको छ ।

जनस्वास्थ्यको मापदण्ड पालना गरी दर्शन, पूजा, ध्यान तथा प्रार्थनाका लागि खुला गरिने समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए । उनकाअनुसार पाथिभरा मन्दिर दर्शनको सिजन सुरु भएको छ ।


'कोभिड महामारीको जोखिम रहेकाले मन्दिर आउने तिर्थयात्रीले सरकारले लागू गरेको जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्छ,' काफ्लेले भने । 


Author

थप समाचार
x