पाथिभरा मन्दिर असोज १ गतेबाट खुला गरिने
काठमाडौँ - ताप्लेजुङको पाथिभरा मन्दिर असोज १ गतेबाट दर्शनार्थीका लागि खुला हुने भएको छ । कोभिड-१९ को नयाँ भेरियन्ट देखिएपछि ५ महिनादेखि बन्द रहेको थियो । पछिल्लो समय कोभिडको प्रभाव कम हुदै गएकाले असोज १ गतेबाट दर्शनार्थीका लागि खुला गरिने पाथिभरा क्षेत्र विकास समिति ताप्लेजुङले जनाएको छ ।
जनस्वास्थ्यको मापदण्ड पालना गरी दर्शन, पूजा, ध्यान तथा प्रार्थनाका लागि खुला गरिने समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए । उनकाअनुसार पाथिभरा मन्दिर दर्शनको सिजन सुरु भएको छ ।
'कोभिड महामारीको जोखिम रहेकाले मन्दिर आउने तिर्थयात्रीले सरकारले लागू गरेको जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्छ,' काफ्लेले भने ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया