समाज

झापाका आगलागीपीडितलाई सहयोगको अपिल

इकागज |
भदौ ३०, २०७८ बुधबार १९:२१ बजे

झापा – झापाको अर्जुनधारा नगरपालिका ७ का आगलागीपीडित खनाल परिवालरलाई सहयोग गर्न अपिल गरिएको छ । पुष्पलाल रोड निवासी रोमनाथ खनालको घरमा शनिबार खाना पकाउने ग्यास लिकेज भई भएको आगलागीमा परी रोमनाथ खनालसहित श्रीमती र छोरा गम्भीर घाइते भएका छन् । 

हाल उनीहरूको कीर्तिपुरस्थित बर्निङ अस्पतालमा उपचारत भइरहेको परिवार स्रोतले जनाएको छ । घाइते तीन जनामध्ये छोराको अवस्थामा क्रमिक सुधार आएको बताइएको छ । खनाल दम्पतीको भने सघन उपचार कक्षमा उपचार जारी रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । 


उनीहरूको उपचारमा करिब २२ देखि २५ लाख रूपैयाँ लाग्ने अस्पताल प्रशासनले जानकारी दिएको छ । ‘सामान्य व्यवसायबाट जीवीकोपार्जन गर्दै आएको खनाल परिवारसँग उपचार गर्ने र घर पुनर्निर्माण गर्ने अवस्था छैन, खनाल परिवारमा परेको यो संकटलाई मध्यनजर गर्दै हामी स्थानीय र छरछिमेकको पहलमा आर्थिक संकलन समिती गठन गरेका छौं । देश विदेश रहनुभएका मनकारीहरूलाई हामी आर्थिक सहयोगको अपिल गर्दछौं,’ पत्रकार टंक खनालले जानकारी दिए । 

सहयोग गर्न इच्छुकले सिभिल बैकको खाता नम्बर 07610551951012 मा रकम जम्मा गरिदिन पनि उनले आग्रह गरेका छन् । ‘संकलित सम्पुर्ण रकम सञ्चार माध्यमबाट जानकारी गराइने छ,’ उनले भने । आगलागीका कारण खनालको घरमा पनि क्षति पुगेको परिवार स्रोतले जनाएको छ ।


Author

थप समाचार
x