समाज

आफैंले सिफरिस गरेको विभुषण नलिने गृहसचिव पाण्डेको घोषणा

इकागज |
असोज २, २०७८ शनिबार २०:१९ बजे

काठमाडौँ – सरकारले संविधान दिवसका अवसरमा प्रदान गर्ने विभुषण गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले नलिने घोषणा गरेका छन् । विभुषण दिइने व्यक्तिको छनोट मण्डलमा रहेका उनले आफूले सो विभुषण नलिन उचित ठानेको बताएका छन् ।
   
यसअघिका रेकर्ड तोड्दै यसपटक गृहसचिव पाण्डेले विभुषण नलिने भएका हुन् । ‘विभुषणको महत्व उच्च छ, विभुषणप्रति मेरो सम्मान छ । तर, आफैंले सिफारिस गर्ने विभुषण आफैंले नलिने भएको हुँ,’ गृहसचिव पाण्डेको भनाइ उधृत गर्दै गृह मन्त्रालय स्रोतले इकागजलाई जानकारी दियो । सरकारले हरेकवर्ष संविधान दिवसका अवसरमा राष्ट्रिय हितमा योगदान गरेका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वलाई विभुषणबाट सम्मान गर्दै आएको छ ।



Author

थप समाचार
x