समाज

साउदीबाट अचेत अवस्थामा फर्केका सुनारको मृत्यु

इकागज |
असोज ३, २०७८ आइतबार १०:२९ बजे

काठमाडौँ - साउदी अरब रोजगारीमा गई अचेत अवस्थामा नेपाल फर्केका चन्द्रबहादुर सुनारको मृत्यु भएको छ । नेपाल ल्याएको पाँचौ दिनमा उनको मृत्यु भएको आफन्तले इकागजलाई जानकारी दिए । भदौ २६ गते उनलाई नेपाल ल्याइएको थियो ।

सुनार साउदीको मोर्फेच मार्चेक्‍व अल हार्बी कम्पनीमा मेसनको काम गर्थे । त्रिभुवनविमानस्थलबाट सिधा उनलाई त्रिवि शिक्षण अस्पतालमा उपचार गर्न लगिएको थियो । अचेत अवस्थामा ल्याइएको सुनारलाई अस्पतालमा राख्दा पनि सुधार नहुने देखिएपछि २७ गते बिहानै उनलाई सल्यान छत्रेश्‍वरी गाउँपालिका-२ लगिएको थियो ।


काम गर्दागर्दै छैठौ तलाबाट झरी उनको हात भाचिएको थियो । सुरुमा हात भाचिएको मात्र उपचार गरिएको र उनको टाउकोमा रगत जमेकाले उपचार गरिएको थियो । 'टाउकोको दुई पटक शल्यक्रिया गरिएको थियो,' आफन्तले भने ।

वैदेशिक रोजगारीमा गएकाहरूको काम गर्दागर्दै घाइते भएमा सम्पूर्ण खर्च कम्पनीले व्यहोर्ने गरेको छ । सुनारको पनि साउदी अरबमा रहदा सम्पूर्ण खर्च कम्पीले व्यहोरेको थियो । उनले मासिक १५ सय साउदी रियल पाउने गर्थे । सुनारको श्रम सम्झौता अवधि २०२२ सम्म छ । बीमा कम्पनी र सरकारले उपचार प्रक्रियामा बेवास्ता गरेको सुनारको आफन्तले गुनासो गरे ।


Author

थप समाचार
x