समाज

मौसम पूर्वानुमान

अपरान्‍हपछि वर्षाको सम्भावना

इकागज |
असोज ४, २०७८ सोमवार ८:३४ बजे

काठमाडौं - हाल देशका केही पहाडी भू-भागमा सामान्य वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागअनतरगतको मौसम पूर्जवानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम तथा बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली  तथा तराई भू–भागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ।

भारतको पूर्वी राजस्थान तथा पश्चिम मध्य प्रदेशको आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिणतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
 
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित  मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। आज राति देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा ठूलो वर्षाको पनि सम्भावना रहेको छ।



Author

थप समाचार
x