समाज

अवलोकनमा गएका मेयरमाथि पहिरोपीडितको मुक्‍का, सरकारले नहेरेको आरोप (भिडियोसहित)

इकागज |
असोज ४, २०७८ सोमबार १२:१५ बजे

बुटवल - बुटवलको चुरे पहिरो अवलाेकनमा पुगेका बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई स्थानीयले मुक्का हानेका छन् । स्थानीयले प्रभावित क्षेत्रमा सरकारले नहेरेकाे भन्दै आक्रोश पाेख्दै आएका थिए ।

आज अवलाेकनमा गएका सुवेदीसहितलाई स्थानीयले कुटपिट गरेपछि भागाभाग भएको छ । स्थानीयले सरकारले आफूहरूलाई नहेरेको गुनासो गर्दै आएका छन् ।केही दिनअघि लगातारकाे वर्षाले चुरेबाट पहिराे खस्दा बुटवल ज्याेतिनगर र लक्ष्मिनगर क्षेत्रका करव २ दर्जन घर क्षतिग्रस्त भएएका थिए ।


 


Author

थप समाचार
x