समाज

वातावरण सुनिश्चित भए सुदूरपश्चिममा लगानी गर्न तयार छु: दुर्गा प्रसाईं

इकागज |
असोज ६, २०७८ बुधवार १०:१२ बजे

कैलाली - व्‍यवसायी दुर्गा प्रसाईंले वातावरण सुनिश्चित भए सुदूरपश्चिममा लगानी गर्न तयार रहेको बताएका छन । धनगढी मंगलबार साँझ पत्रकारसँग कुरा गर्दै व्यवसायी प्रसाईंले लगानी गर्ने वातावरण सुनिश्चित भए पूर्वमा जस्तै यहाँ पनि क्यान्सर अस्पताल खोल्न आफू तयार रहेको बताए ।

धनगढीमा पनि अस्पताल खोल्नुपर्‍यो भनेर यहाँका साथीभाइहरूको प्रस्ताव आएको बताउदै बी एण्ड सी का सञ्चालकसमेत रहेका प्रसाईंले अस्पतालको लागि वातावरण मिलाउन यहाँका राजनीतिकर्मी र पत्रकारलाई आग्रह गरे ।


थुप्रै युवाहरू विदेश पलायन भैरहेको बताउदै उनीहरूलाई यहीँ रोजगारी सृजना हुने खालका कामहरू आफूले गर्न चाहेको बताउदै प्रसाईंले झापामा जस्तै सुविधासम्पन्न क्यान्सर अस्पताल यहाँ समेत खोल्न सकिने बताए । पूर्वको झापामा सञ्चालनमा रहेको बी एण्ड सी अस्पताल दक्षिण पूर्वी एशियाकै अत्याधुनिक सुविधासम्पन्न नमुना अस्पताल रहेको बताउदै प्रसाईंले बिरामीको उपचारका लागि भरपर्दो गन्तव्य हुने दाबी गरे ।

एक फरक प्रसंगमा प्रसाईंले आफूले कुनै राजनीतिक दललाई त्यति महत्व नदिएका कारण डनको उपाधि दिएको हुन सक्ने बताए । नेपालको राजनीति अब बुढा पुस्ताहरूबाट संचालन गर्न नहुने भन्दै युवा पुस्तालाई मौका दिनु पर्ने प्रसाईंले बताए ।


Author

थप समाचार
x