समाज

मकैबारीमा बाँदर हेरेर फर्किदा ढुङ्गा लागेर आमा छोरीको मृत्यु

इकागज |
असोज ६, २०७८ बुधबार १६:३६ बजे

फाइल फोटो

रोल्पा - रोल्पामा भिरबाट खसेको ढुङ्गा लाग्दा आमाछोरीको मृत्यु भएको छ । रोल्पा नगरपालिकाका–९ निवासी २७ वर्षीय सङ्गीता पुन र उनकी दुई वर्षीय छोरी कृतिकाको भिरबाट पहिरोसहित खसेको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ । 

घर नजिकै रहेको मकैबारीबाट बाँदर हेरेर घर फर्कने क्रममा ढुङ्गाले लागेको प्रहरीले बताएको छ । भिरदेखि ४०० मिटर तल खोल्साको पानीमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । 


जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी निरीक्षकको टोलीले घटनास्थलबाट शवपरीक्षणका लागि जिल्ला अस्पताल लगेको प्रहरी निरीक्षक सन्तोष केसीले बताए । त्यसैगरी विवाह भोज खाएर फर्कने क्रममा रोल्पा नगरपालिका खुमेलका ४२ वर्षीय तीर्थलाल थापाको घर नजिकैको खरबारीमा लडिरहेको अवस्थामा फेला परेको र नीजको उपचारका क्रममा मृत्यु भएको जिप्रका रोल्पाले जानकारी दिएको छ । रासस 


Author

थप समाचार
x