समाज

लागू औषध ओसार पासरमा संलग्न ६ जना पक्राउ

इकागज |
असोज ६, २०७८ बुधबार २०:१३ बजे

फाइल तस्बिर

काठमाडौँ - नेपाल प्रहरीले लागू औषध ओसार पसारमा संलग्न ६ जनालाई बुधबार पक्राउ गरेको छ । देशका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरी मुख्यालयले जानकारी दिएको छ । 

‘गाँजा, नाइट्रोभ्याट, नुर्फिन, फेनारगन, डाइजापामसहित उनीहरूलाई पक्राउ गरिएको हो,’ प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको र लागू औषध ओसार पसारमा कसुरमा मुद्दा दर्ताको तयारी भएको प्रहरी स्रोतले जानकारी दिएको छ । 



Author

थप समाचार
x