समाज

मोतीपुर औद्योगिक क्षेत्रमा ढुंगामुढा हुँदा १५ जना घाइते, प्रहरीले चलायो १० राउन्ड अश्रुग्यास

इकागज |
असोज ६, २०७८ बुधबार २०:४१ बजे

फाइल तस्बिर

बुटवल - रुपन्देहीस्थित मोतीपुर औद्योगिक क्षेत्रको सरकारी जग्गा अतिक्रमण गर्नेलाई हटाउनका लागि सरकारले बल प्रयोग गरेको छ । स्थानीय प्रशासनले लागू गरेको निषेधाज्ञा अटेर गर्दै स्थानीयबासीहरू सो क्षेत्रमा पुगेपछि उनीहरूलाई हटाउन प्रहरीले बल प्रयोग गरेको हो । 

औधोगिक क्षेत्रको जग्गामा खर, बोरा, त्रिपाल र बाँस प्रयोग गरी ६, ७ वटा अस्थायी टहरा बनाएका उनीहरूलाई त्यहाँबाट हट्न आग्रह गर्दा प्रहरीमाथि हातपात भएपछि बल प्रयोग गरिएको रुपन्देही प्रहरीले जनाएको छ । ‘यस अघिदेखि नै अनिश्चितकालीन निषेधाज्ञा लागू गरिएकोमा सो क्षेत्रमा भिडभाड गर्न नपाईने र अतिक्रमण गर्न नमिल्ने भनी माइकिङ गरी सम्झाई बुझाई गर्ने क्रममा उक्त स्थानमा रहेका करिब ६, ७ सय जनाको भिडले उल्टै प्रहरीमाथि ढुंगा, बोतल, रड, भाटा प्रहार गरेको हुँदा स्थिति नियन्त्रणको लागि सामान्य लाठीचार्ज गरी प्रहरीले १० राउन्ड अश्रुग्यास फायर गरेको र उक्त ढुंगामुढामा परी १५ जना प्रहरी कर्मचारी र केही स्थानीयहरू सामान्य घाइते भएको र हालको अवस्था सामान्य रहेको छ,’ प्रहरीले जनाएको छ ।


यसअघि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्को सरकारले उक्त औद्योगिक क्षेत्र केही महिनाअघि शिल्यान्यास गरेको थियो । तर सरकारले जनताको जग्गा अडपेको भन्दै स्थानीयबासीले अवरोध सिर्जना गर्दै आएका छन् ।


Author

थप समाचार
x