समाज

खप्तड राष्ट्रिय निकुञ्जबाट बन्दुकसहित दुई सिकारी पक्राउ

इकागज |
असोज ६, २०७८ बुधवार २१:४२ बजे

बाजुरा - खप्तड राष्ट्रिय निकुञ्जमा सिकार गर्न आएका दुई जना पक्राउ परेका छन् । मंगलबार राति निकुञ्ज क्षेत्रमा सिकार गर्न आएका उनीहरूलाई नेपाली सेना र निकुञ्जका कर्मचारीको संयुक्त पट्रोल टोलीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा बझाङको खप्तड छान्ना गाउँपालिका वडा नम्बर १ बस्ने ५९ वर्षीय दिलबहादुर जेठारा र सोही स्थानका वर्ष ३५ का वीरेन्द्रबहादुर कार्की रहेका छन् । 


निकुञ्जछेउ पौवागढीबाट समातिएका उनीहरूका साथबाट एक थान भरुवा बन्दुक,  दुई थान बारुदको डिब्बा, पाँच थान बन्दुकको गोली, एक थान भरुवा बन्दुकको केप डिब्बा बरामद गरिएको सेनाले जनाएको छ । ‘पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान र आवश्यक कारबाहीका लागि निकुञ्ज कार्यालयमा बुझाइएको छ,’  सेनाका एक अधिकारीले भने ।


Author

थप समाचार
x