समाज

काठमाडौंबाट दुवई उड्न लागेका युवा विदेशी मुद्रासहित पक्राउ

इकागज |
असोज ६, २०७८ बुधवार २१:४१ बजे

काठमाडौँ – काठमाडौंबाट दुबई उड्न लागेका एक युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । मंगलबार बेलुका नेपाल एयरको आर ए २२९ जहाजबाट भिजिट भिषामा दुबही जान लागेका गोरखा आलेभन्ञ्याङ गाउँपालिका– ३ का ४२ वर्षीय सीताराम विश्वकर्मालाई स्रोत नखुलेको विदेशी रकमसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

विकको साथबाट १३ हजार अमेरिकी डलर फेला परेको र उनमाथि थप अनुसन्धान भइरहेको विमानस्थल प्रहरी स्रोतले जनाएको छ । 



Author

थप समाचार
x