समाज

झापामा कौडाको खालबाट १७ जना पक्राउ

इकागज |
असोज ६, २०७८ बुधबार २१:५४ बजे

दमक – प्रहरीले झापाको दमकमा कौडाको खालबाट १७ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले मंगलबार राति साढे ११ बजे दमक नगरपालिका १ स्थित हिमाल देवानको घरबाट उनीहरूलाई पक्राउ गरेको हो ।  

देवानको घर कम्पाउन्डपछाडि भान्सा कोठामा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४९ वर्षीय कर्ण राईलगायत १७ जनालाई पक्राउ गरेको झापा प्रहरीले जानकारी दिएको छ । उनीहरूका साथबाट ४ लाख २७ हजार ६ सय रूपैयाँ र १६ थान कौडा बरामद गरिएको प्रहरीले जनाएको छ । 


उनीहरूलाई नियन्त्रणमा लिने क्रममा भद्रपुर नगरपालिका– १० बस्ने ५० वर्षीय ठाकुरप्रसाद निरौला भागेका र सोही क्रममा हामफाल्दा निरौलाको दुवै पैतालामा समान्य चोट लागेपछि दमकस्थित लाइफलाइन अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ । निरौलासहित पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


Author

थप समाचार
x