समाज

बारको १५औँ सम्मेलन पोखरामा हुने

इकागज |
असोज ७, २०७८ बिहिवार ९:२६ बजे

काठमाडौँ- नेपाल बार एसोसिएनको १५औँ अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन पोखरामा हुने भएको छ । कानून व्यवसायीको सम्मेलन आगामी मङ्सिर २४, २५ र २६ गते पोखरामा १५औँ अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन हुने तय भएको बारका उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिए ।

‘राष्ट्रिय कानूनी शासन र संवैधानिक सर्वोच्चता : व्यावसायिक र मर्यादित बार हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारा रहेको छ । बारका प्रत्येक नयाँ पदाधिकारी आएपछि सम्मेलन गर्नेछ । बारले गत जेठ १४, १५ र १६ गर्ने भनिएको सम्मेलन कोभिड–१९ महामारीको जोखिमका कारण रोकिएको थियो । रासस



Author

थप समाचार
x